लुम्बिनी चिनी उद्योग पुनः सञ्चालनको तयारीमा

पछिल्लो दुई वर्षदेखी बन्द अवश्थामा रहेको पश्चिम नवलपरासी सुनवलस्थित लुम्बिनी चिनी उद्योग पुनः सञ्चालनको तयारीमा रहेको छ । उद्योगपति मनिष अग्रवालको नामा रहेको यो उद्योग मनिष अग्रवालको मृत्यु भए पछि पछिल्लो दुई वर्ष देखी बन्द अवश्थामा रहेको थियो । दुई वर्ष देखी बन्द अवश्थामा रहेको सुनवल १ स्थित लुम्बिनी चिनी उद्योग नयाँ ब्यावस्थापन सहित पुनः संचालनको तयारीमा लागेको लुम्बिनी चिनी उद्योग प्रबन्ध निर्देशक विजय गुप्ताले बताउनु भएको छ ।

सम्बन्धित सामग्री

उद्योगलाई उखु अभाव हुने

पश्चिम नवलपरासीका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् भने एउटा सञ्चालनको तयारीमा रहेको छ । प्रतापपुर गाउँपालिकाको इन्दिरा खाडसारी तथा चिनी उद्योग मङ्सिरको दोस्रो हप्तादेखि र सुस्ता गाउँपालिकाको कुडियामा रहेको बागमती चिनी उद्योग मङ्सिर २५ गतेदेखि सञ्चालनमा आएका हुन् । सुनवलको लुम्बिनी चिनी उद्योग सञ्चालनको तयारीमा रहेको लुम्बिनी चिनी उद्योग, उखु शाखाका प्रमुख केडी प्रसादले बताउनुभयो ।

लुम्बिनी चिनी उद्योगको आवास भवन अलपत्र

पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग परिसरमा रहेका एक दर्जन आवास भवनहरु रेखदेखको अभावमा अलपत्र परेका छन् । चीन सरकारको आर्थिक सहयोगमा बनेको देशकै ठूलो लुम्बिनी चिनी उद्योग निजीकरण भएपछि सञ्चालको लापर्वाहीका कारण उद्योगभित्र र उद्योग परिषर बाहिर रहेका करोडौं रुपियाँ लगानीका दर्जनभन्दा बढी आवास भवनहरु रेखदेखको अभावमा अलपत्र छन् ।

बागमतीले उखु क्रसिङ वृद्धि गर्ने

नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बागमती खाडसारी चिनी मिल्सले यस वर्षमा १० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्ने भएको छ । यस वर्ष उखु उत्पादन बढेपछि अघिल्ला वर्षको भन्दा बढी उखु क्रसिङको तयारी गरेको सो उद्योग सञ्चालक राम थापाले जानकारी दिनुभयो । नवलपरासी जिल्लामा सञ्चालित लुम्बिनी चिनी उद्योग, इन्दिरा चिनी मिल र बागमती खाडसारी चिनी उद्योग गरी तीनवटा चिनी उद्योग सञ्चालनमा छन् । यी तीन उद्योगमध्ये बागमती चिनी उद्योगले सबभन्दा बढी उखु क्रसिङ गर्ने भएको हो ।

चिनी उद्योग बन्द भएपछि किसान मर्कामा

पश्चिम नवलपरासीको सबैभन्दा ठूलो लुम्बिनी चिनी उद्योग बन्द भएपछि स्थानीय किसान मर्कामा परेका छन् । उद्योगका प्रमुख सञ्चालक मनिष