काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताउनुभएको छ ।
बुधवार नेकपाकाे प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चीरहण गर्नेहरूका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताउनुभएको हो । अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइने उहाँको भनाइ ...