जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को […]

सम्बन्धित सामग्री

खानेपानी स्वच्छतामा जलवायु परिवर्तनको असर

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ । यही विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलित रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ, त्यति...

जलवायु परिवर्तन र अनुकूलन

जलवायु परिवर्तन संसारभरिकै जल्दोबल्दो मुद्दा हो । निकै वर्षअघि नै जलवायु परिवर्तन हुँदै गए पनि पछिल्ला दिनमा यसको चर्चा, परिचर्चा अलि बढी नै हुने गरेको छ । जलवायु परिवर्तनको बारेमा मुख्यगरी दुईटा मत बलियो रूपमा रहेको पाइन्छ । एउटा, जलवायु परिवर्तन केवल होक्स (हौवा) हो भन्ने मत छ भने अर्को यो मानव जाति र सिंगो प्रकृतिका लागि गम्भीर विषय हो भन्ने छ । यस्ता मतमा जुन बलियो भए पनि प्रकृतिमा जलवायु परिवर्तन भइरहेको छ । यस्तो परिवर्तनले समाजमा नकारात्मक र सकारात्मक दुवैखाले प्रभाव परिरहेको छ ।  नेपालकै कुरा गर्ने हो भने हिमालमा हिउँ जम्न छाडेको छ । हिमनदी पग्लिएका छन् । गर्मी बढेको छ । कृषिजन्य उत्पादनमा असर परेको छ । संकटापन्न जनावरहरूको संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरे पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा छ । यद्यपि नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरेको छ भने दक्षिण एशियाका १ अर्बभन्दा बढी जनसंख्याका लागि पानीको स्रोत सुनिश्चित गरेको छ । तापक्रममा वृद्धि भएसँगै हिजो ज्यादै जाडो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । अब ती ठाउँमा धानखेती गर्न सकिन्छ । त्यस्तै जलवायु परिवर्तनकै कारण चैत वैशाखमा फुल्ने गुराँस पुसमै फुल्न थालेको छ । स्याउखेतीमा पनि यस्तै देखिन थालेको छ । अर्थात् जलवायु परिवर्तनका कारण वनस्पति र जीवजन्तुमा देखिएको असरबाट हामीले के फाइदा लिन सक्छौं भन्नेमा लाग्नुपर्छ । हिजो जुन हावापानीमा कुनै फलफूल हुँदैनथ्यो अहिले त्यसका लागि अनुकूल भएको हुन सक्छ । तापक्रम वृद्धि हिमाली क्षेत्रतिर सरेसँगै ती क्षेत्रमा खेतीपाती प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ । यसका लागि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई अध्ययन गर्न लगाउन सकिन्छ । जलवायु परिवर्तनले खेतीपाती र पशुपालनमा केकस्तो परिवर्तन ल्याएर लाभ लिन सकिन्छ भन्नेमा उसलाई अध्ययन गर्न दिएर त्यसलाई कार्यान्वयनमा लैजान सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्लाई पनि त्यसतर्फ काममा लगाउन सकिन्छ । हुम्ला जुम्लामा बढी धान फलाउन सकिन्छ जसको मूल्य उच्च छ । त्यसैले जलवायु परिवर्तन समस्या हो तर समस्यामात्रै होइन लाभ पनि लिन सकिन्छ भनेर बुझ्नुपर्छ । वातावरण प्रदूषणमा नेपालको त्यति धेरै योगदान नभए पनि केही वर्षयता जथाभावी सडकलगायत भौतिक पूर्वाधार निर्माणका कार्य भने जारी नै छन् । त्यसैले धेरैथोर असर गरेको छैन भन्न सकिँदैन । त्यसैले जलवायु परिवर्तन अकस्मात् नियन्त्रणमा लिन सकिँदैन । तर, यसमा भइरहेको परिवर्तनअनुसार आफूलाई अनुकूलन गर्दै जान भने सकिन्छ ।  जलवायु परिवर्तन हुनुका कारण खोजी त्यसमा कमी ल्याउन विश्वस्तरमै काम हुन थालेको छ । तर, जलवायु परिवर्तन जुन मुलुकका कारण बढी भएको छ तिनले त्यसमा अकस्मात् नियन्त्रण गर्न सक्दैनन् । उनीहरूले प्रकृतिको अतिदोहन गरेर विकासको उचाइ चुमेका छन् तर, तिनकै कारण भएको जलवायु परिवर्तनले विपन्न र अविकसित मुलुक बढी मर्कामा छन् । त्यसैले विश्व रंगमञ्चमा नेपालले यो समस्यालाई उठाइरहेको छ ।  यी सबै कुरा सही छन् तर जलवायु परिवर्तनले असर गर्‍यो भन्दै त्यसको विरोध गर्नुको मात्रै अर्थ रहँदैन । बरु जलवायु परिवर्तनले दिएको अवसरको उपयोग गर्नेतर्फ लाग्नुपर्छ । वास्तवमा मानिसले आफूलाई जलवायु परिवर्तनसँगै अनुकूलन गर्दै ल्याएकाले नै ऊ अहिलेसम्म बाँचिरहन सकेको हो । त्यसैले अहिले जलवायु परिवर्तनले नेपालमा केके परिवर्तन आएको छ र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्नेमा काम गर्न ढिला गर्नु हुँदैन । जति नै रोइकराई गरे पनि विकसित देशहरूले जलवायु परिवर्तनको मुद्दालाई सजिलै समाधान गर्न सक्दैनन् । जलवायु परिवर्तनको आर्थिक लागतको विश्लेषण गर्दा अर्थतन्त्रलाई उनीहरूले बढी प्राथमिकतामा राख्छन् । त्यसो हुुँदा यो समस्या तत्काल समाधान हुन सक्ने देखिँदैन ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूले पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिको अवस्थामा जति थियो त्यो तहमा ल्याउने भनी वचनबद्धता व्यक्त गरेका छन् । तर, त्यसको कार्यान्वयन र अवधिमा भने विकसित र ठूला देशहरूबीच नै मतैक्य छैन । एक देशले अर्कोलाई आरोप लगाए पनि कुनै पनि देश अर्थतन्त्रलाई सुस्त पारेर जलवायुको पक्षमा काम गर्न तयार देखिएका छैनन् । त्यसैले नेपालले पनि केकस्ता असर परेको छ र त्यसबाट के कति लाभ लिन सकिन्छ भनेर काम थाल्न ढिला गर्नु हुँदैन । मुख्य कुरा अनुकूलन नै उपाय हो । कृषि उत्पादन, पशुपालन, जीवनशैलीलाई जलवायु परिवर्तनअनुसार अनुकूलन गर्नु बुद्धिमानी हुन्छ ।

जलवायु परिवर्तन र गरिबीबारे तथ्यांक संकलनका लागि सर्वेक्षण

केही ठाउँमा जलवायु परिवर्तनको असर देखिन थालेकाले ६ वर्षमै सर्वेक्षण गरिँदै केन्द्रीय तथ्यांक विभागले जलवायु परिवर्तन र गरिबीबारे तथ्यांक संकलनका लागि सर्वेक्षणको तयारी गरेको छ । विभागले यसै सातादेखि जलवायु परिवर्तन र माघको...

जलवायु परिवर्तन न्यूनीकरणका उपाय

आज जलवायु परिवर्तन विश्वव्यापी चुनौती एवं समस्याको रूपमा विद्यमान छ । वातावरण विनाश हुनाले यस्तो भएको हो । वस्तुतः जलवायु परिवर्तनले यस धरतीमा रहेका विभिन्न तŒवहरूलाई असर पारिरहेको छ, जसले गर्दा यहाँका वनस्पति तथा सम्पूर्ण जीवित प्राणीहरूको अस्तित्वमा शङ्का उब्जेको छ । त्यसैले जलवायु परिवर्तन न्यूनीकरण आजको आवश्यकता हो, जसका लागि सर्वप्रथम त स्थानीय निकायहरूको […]

जलवायु परिवर्तन अब लोकतन्त्रको मुद्दा बन्नुपर्छ

जलवायु परिवर्तनले ल्याएका प्रभावका विषयमा विश्वव्यापी रुपमा आवाज उठिरहेको छ । यसलाई विश्वव्यापी मुद्दा हामी भनिरहन्छौं तर यसको असर पर्ने त खासमा स्थानीय तहमा हो । जलवायु परिवर्तनलाई विश्वव्यापी मुद्दा भनेर मात्रै छुट पाइने अवस्था अव छैन । जलवायु परिवर्तनको मुद्दा स्थानीय तबरबाटै बहस गर्नुपर्ने आवश्यकता छ । यो अन्तराष्ट्रिय, राष्ट्रिय हुँदै स्थानीय रुपमा संयुक्त […]

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण’

काठमाडौँ, २६ पुस: जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, […]

जलवायु परिवर्तन र स्वास्थ्यमा असर

१ सय ९७ देश सदस्य भएको कोप, युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज यूएनएफसीसीसीअन्तर्गतको सम्मेलन हो । सन् १९९५ मार्च २१ मा सन्धि लागू भएपछिको २६आंै संस्करण स्कटल्यान्डको ग्लास्गो सहरमा ३१ अक्टुबरदेखि सुरु भयो । विकसित देशले सन २०२० देखि २०२५ सम्म वार्षिक १ सय बिलियन अमेरिकी डलर विकासशील देशलाई दिने प्रतिबद्धता कागजमै छ […] The post जलवायु परिवर्तन र स्वास्थ्यमा असर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताए ।मन्त्री भुसालले भनिन्, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्

ढिलो हुनुअघि नै वैश्विक व्यवासायले जलवायु परिवर्तन सम्बोधन गर्नै पर्छ

मानिसले सामना गर्नु परेका थुप्रै ठूला चेतावनी मध्येको एउटा जलवायु परिवर्तन पनि हो । गएका केही सातमा मात्रै संसारभर डढेलोको समस्या देखिए । अमेरिकी शहरमा क्रुर तातो हावाले विध्वंश मच्चायो । बाढीले युरोप र एसियामा समेत गरी सयौँको ज्यान लियो । जलवायु परिवर्तनको असर अझै देखिँदै छ । जलवायु परिवर्तनका असरहरू दुःखदरूपमा देखा पर्दैछन् । […]

‘विनाशकारी हुँदैछ जलवायु परिवर्तनको असर’

संयुक्त राष्ट्रसंघले मानवीय क्रियाकलापका कारण सिर्जित जलवायु परिवर्तनको असर व्यापक, तीव्र र कतिपय प्रवृत्ति सच्याउनै नसक्ने अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल अन्तर्गत ६६ मुलुकका २३४ वैज्ञानिकले तयार पारेको सो प्रतिवेदन मानवीय क्रियाकलापका कारण विश्वको तापमान अस्वाभाविक रूपमा बढेको र यसले आगामी दशक अनि शताब्दीमा सिर्जना गर्न […]