पोखराको सेती तट र डेभिज फल निजी क्षेत्रलाई भाडामा लगाउने कार्य रोक्न माग

असार १४, कास्की । पोखरा महानगरपालिकाले सेती नदीका तट र फेवातालको डेभिजफल निजी क्षेत्रलाई ४० वर्षका लागि भाडामा दिने निर्णय गरेपछि विरोध शुरु भएको छ ।  पाँच वर्षका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले व्यक्तिगत स्वार्थमा ४०/ ४० वर्षका लागि कौडिको मूल्यमा निजी क्षेत्रलाई सुम्पन लागेपछि संरक्षणकर्मी र सरोकारवालाहरु विरोधमा उत्रिएका छन् ।  पोखरा महानगरपालिकाका प्रमुख मानबहादु जिसीले विभिन्न बहानामा पोखराका ऐतिहासिक, धार्मीक,साँस्कृतिक र प्राकृतिक सम्पदाहरु आपूmखुशी चार दशकका लागि भाडामा लगाउने योजना अगाडी बढाएपछि पोखरामा यस कार्यको निरन्तररुपमा बिरोध हुँदै आएको छ ।  यसैक्रममा राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले यसलाई रोक्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर ध्यानाकर्षण गराएको छ ।  संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीको नेतृत्वमा आइतवार गएको टोलीले मुख्यमन्त्री पोखरेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मुख्यमन्त्रीले सम्पदाबारे उठाएका मुद्दामा आफ्नो ध्यानाकर्षण भएको र बुझेर उचित निर्णय लिइने बताएका छन् ।  पोखरा महानगरको चैत ७ गतेको कार्यपालिका बैठकले पोखराका सेती नदी किनाराका तटीय क्षेत्र, फेवातालका पातलेछाँगो र फेवाकै मुहानको सिल्ड्र्न ड्रयाम क्षेत्र भाडामा लगाउने निर्णय गरेको थियो । महानगरपालिकाको नेतृत्वबाट पोखरा क्षेत्रका प्राकृतिक तथा जैविक सम्पत्ति निजी साझेदारीका नाउँमा कैडीको मूल्यमा सुम्पने गैरजिम्मेवारपूर्ण कार्य महानगरले गरेकाले त्यसलाई रोक्नकालागि पहल गर्न मुख्यमन्त्री पोखरेललाई आग्रह गरेको सम्पदाका सचिब सुनिल पाण्डेले बताए ।  ‘नगरपालिकाको नेतृत्वबाट हुँदै गरेको यस्तो अवाञ्छित एवं गैरजिम्मेवारपूर्ण कार्यबाट हामी दु : खी छौं’, उनले भने । सेती नदीको डिल र यसका किनार कमजोर भएकाले विज्ञका अध्ययन र योजनापछि वातावरण संरक्षण गरी उपयोग गरिनुपर्नेमा संस्थाले जोड दिएको छ । पोखरा महानगरका प्रमुख जिसीले सम्पदा ठेक्कामा नदिइने आश्वासन दिएर पनि नगरसभाबाट निर्णय गराएको अध्यक्ष विष्णुहरि अधिकारीले बताए । लामो समयसम्मको भाडा सम्झौताले आर्थिक अपारदर्शिता तथा आर्थिक क्षति हुनुका साथै अवाञ्छित रूपमा प्राकृतिक सम्पदा क्षेत्रको चरम दोहन हुने भएकाले यस्तो गैरजिम्मेवारपूर्ण कार्यलाई रोक्नु पर्ने उनले बताए ।  विकासका नाममा भावी पुस्ताको अधिकार खोस्ने र राष्ट्रकै सम्पदामा क्षति गर्ने कदम रोक्ने प्रदेश सरकारसँग आग्रह गरेको अध्यक्ष अधिकारीले बताए ।  

सम्बन्धित सामग्री

निजी क्षेत्र बिना समृद्धि सम्भव छैन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको गण्डकी आर्थिक बहस २०७९ मा बोल्दै मुख्यमन्त्री पोखरेलले कोभिडले थलिएका निजी क्षेत्रहरु अहिले बिस्तारै लयमा फर्किन थालेको बताउँदै सरकारको तर्फबाट हुने सहयोग निजी क्षेत्रलाई सदैव हुने बताए । उनले समृद्ध गण्डकी प्रदेश बनाउने सरका

गण्डकीको बजेटले निजी क्षेत्र निरुत्साहित : पोखरेल

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारको नयाँ बजेटले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताएका छन् ।

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनरः ढकाल

पोखरा-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएा छन् । पोखराको सराङकोटमा सोमबारदेखि सुरु भएको आइएमई लिटरेचर फेस्टिभलमा बुधबार कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा कारोबारका सम्पादक कुबेर चालिसेसंंग संवाद गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो पार्टनरको रुपमा नहेरेसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताए […]

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर होः वरिष्ठ उपाध्यक्ष ढकाल

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका हुन्।

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर होः वरिष्ठ उपाध्यक्ष ढकाल

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पोखरामा सोमबारदेखि सुरु भएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तर्कृयामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा ...

निजी क्षेत्र सरकारको उच्च प्राथमिकतामा– अर्थमन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले जनमतको कदर गरेर जनताको चाहना, आकाङ्क्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औँ महाधिवेशनको उद्घाटन गर्दे उनले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट परे ।

निजी क्षेत्र सरकारको उच्च प्राथमिकतामा: मन्त्री खतिवडा

पोखराः अर्थमन्त्री डा युवराज खतिवडाले जनमतको कदर गरेर जनताको चाहना, आकाङ्क्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। कर प्रणालीलाई सरलीकृत गर्ने सरकारको नीति रहेको जानकारी गराउँदै...