रासस। मेलम्ची खानेपानी आयोजनाको तत्काल मर्मतको सम्भावना नरहेपनि क्षतिको अध्ययन सुरु भएको छ। अध्ययनसँगै सुधारको योजना थालिने आयोजनाले जनाएको छ। असार पहिलो साताको बाढीले के कति क्षति पुर्यायो भन्ने अनुमान गर्न कठिन भएपनि प्राविधिकहरुले आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालेका छन्। बाढीसँगै धेरै संरचना नदीजन्य पदार्थले पुरिएको छ भने कतिपय पदार्थ पुनः नदीले बगाएको छ।