ललितपुर : नेकपा माओवादी केन्द्र र माओवादीबाटै फुटेर गएको नेत्र विक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुनसक्ने चर्चा चलिरहेको छ।माओवादी केन्द्रले पार्टी एकता नभनेपनि धुवीकरण या रुपान्तरण हुनुपर्ने बताइरहँदा विप्लव नेकपाले पुरानै माओवादी शक्ति एक हुनै पर्ने बताएको छ। यहाँसम्म कि उनीहरु आफूहरुबाट छुट्टिएर गएका माओवादी शक्तिहरु मात्र नभएर पुरै कम्युनिष्ट पार्टीहरु नै एक भएर जानुपर्नेमा जोड दिन्छन्। दलाल पुँजीवाद हटाएर वैज्ञानिक समाजवादमा पुर्याउने उदेश