विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकलाई लाखौं तलब

मनाङ : विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ। महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ।प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ। मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलबभत्तालगायतका सुविधाका लागि वार्षिक १२ लाख ६५ हजार रुपैयाँ

सम्बन्धित सामग्री

सामुदायिकका विद्यार्थी र शिक्षकलाई पोसाक

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गरेको छ।

सामुदायिकका विद्यार्थी र शिक्षकलाई पोसाक

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गरेको छ।

अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने

भर्जिनिया । अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक

प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

काठमाडौँ- रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै […]

दिवा खाजाको बजेट शिक्षकलाई पारिश्रमिक

सिमकोट- सरकारले बालबालिकाहरूका लागि उपलब्ध गराउँदै आएको दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिँदै आएको भेटिएको छ। सिमकोट गाउँपालिका- ८ को साँता याङ्गु गाउँको बलभद्र आधारभूत विद्यालयले २०७३ सालबाट विद्यार्थीहरूलाई उपलब्ध हुने खाताको रकमबाट शिक्षक नियुक्त गरेर पारिश्रमिक दिने गरिएको भेटिएको हो। विद्यालयमा शिक्षक दरबन्दी कम र विद्यार्थी चाप बढी हुँदा निजी स्राेतबाट शिक्षक नियुक्त गरी […]

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका

विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

मुगु जिल्लाको सोरु गाउँपालिकामा रहेको एक विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट विद्यार्थी, शिक्षक र कर्मचारीलाई निःशुल्क पोसाक वितरण गरेको छ ।सोरु गाउँपालिका–४ लिबु्र रहेको श्रीकालीका माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ६५ जना छात्रा, १सय ३५ जना छात्र, १० जना शिक्षक र तीनजना कर्मचारी गरी जम्मा ३ सय १३ जनालाई विद्यालयको आन्तरीक स्रोतबाट चार लाख ५० हजार […]

ब्रेल पाठ्यपुस्तकमा त्रुटि, दृष्टिविहीन विद्यार्थी र शिक्षकलाई समस्या

काठमाडौं : विद्यालय स्तरका दृष्टिविहीनहरूका लागि छापिएका ब्रेल पाठ्यपुस्तकमा त्रुटि भेटिएको छ। जसकारण  दृष्टिविहीन विद्यार्थी र शिक्षकहरूलाई समस्या भएको छ।दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा पाठ्यपुस्तक छापिन्छ। सोही पाठ्यपुस्तक उनीहरूले छामेर पढ्छन्। ललितपुरको एक विद्यालयमा  दृष्टिविहीनहरूलाई पढाउने शिक्षिकाले ब्रेल पाठ्यपुस्तकमा ५० प्रतिशत गल्ती पाइएको बताइन्। ‘ब्रेल पाठ्यपुस्तकमा धेरै गल्ती छ,’ दृष्टिविहिन ती शिक्षिकाले भनिन्, ‘एक लाइनमा नेपाली भए अर्को ला

मनाङका स्थानीय तहमा पनि बेरुजू : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजू रकम देखिएको छ । यहाँका चारओटै पालिकामा बेरुजू रकम देखिएको छ । यो बेरुजू सबैभन्दा धेरै शिक्षा क्षेत्रमा रहेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो ।   नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८औं लेखा परीक्षण प्रतिवदेनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा सदरमुकाम चामे गाउँपालिकामा २ करोड २३ लाख ७५ हजार बेरुजू देखिएको छ । त्यसमध्ये असुल गर्नुपर्ने ७ लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २१ लाख ९३ र नियमित गर्नुपर्ने १ करोड ९४ लाख ४० हजार बेरुजू रहेको छ । सो प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा २ करोड १० लाख १४ हजार बेरुजू देखिएको छ । यसमध्ये असुल गर्नुपर्ने ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४८ लाख ६८ हजार र नियमित गर्नुपर्ने १ करोड चार लाख ५२ हजार र पेश्की १८ लाख बेरुजू देखिएको छ । महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ ।     मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा २ करोड ३५ लाख ७६ हजार अनियमितता भएको पाइएको छ । यसमध्ये असुल गर्नुपर्ने १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड ४ लाख २४ हजार, नियमित गर्नुपर्ने १ करोड १८ लाख ८१ हजार बेरुजू छ । गाउँपालिकाले विद्यालय अनुदानमा ३० लाख ३१ हजार ४३० खर्च गरेकोमा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ । नासोंको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ । त्यस्तै हालसम्म पनि सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा २ करोड ७३ लाख ६ हजार बेरुजू भएको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्ने २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड २ लाख ३० हजार, नियमित गर्नुपर्ने १ करोड ५० लाख ८ हजार बेरुजू देखिएको छ । गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजू संपरीक्षण गर्नुपर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औं प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ ।    प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलब, भत्तालगायत सुविधाका लागि वार्षिक १२ लाख ६५ हजार निकासा गर्दै आएको प्रतिवेदनमा पाइएको छ । यस्तै ङिस्याङ गाउँपालिकाअन्तर्गतको ङावल आधारभूत विद्यालयमा विद्यार्थी नै नभएको र विद्यालयका आठ स्थायी शिक्षकका लागि तलबभत्तालगायतका सुविधा दिइएको प्रतिवेदनमा पाइएको छ । शिक्षकको तलबभत्तासहितको सुविधाबापत गाउँपालिकाले वार्षिक ३५ लाख ८६ हजार निकासा गरेको प्रतिवेदनमा देखिएको छ । यी र यस्तै कार्यले गर्दा स्थानीय तहमा बेरुजू बढ्दो देखिएको हो । रासस

विद्यार्थी नै नभएको विद्यालयका शिक्षकलाई तलब

मनाङमा विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ । प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकास बाहेक अन्य विद्यार्थी छैनन् तर …