अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यमा पहुँच बढाउन जोड

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मीको क्षमता विकास, स्वास्थ्य संस्थालाई अपाङ्गतामैत्री बनाउने तथा प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा काठमाडौंमा आयोजित समन्वय बैठकमा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सेवा लिने क्रममा भोग्नुपरेका समस्या, विभेद र अवरोध हटाउन आवश्यक रहेको बताएका […]