भूकम्पपछि दुर्गम गाउँठाउँमा ठूला, राम्रा सुविधासम्पन्न विद्यालय भवन बने पनि विद्यार्थीको सङ्ख्या भने घट्दै गएको छ। विद्यार्थी घट्दै गएपछि सुविधासम्पन्न भवन प्रयोगविहीन बन्न थालेका छन्। दोलखाको तामाकोसी गाउँपालिकामा रहेका अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएका छन्। विदेश पलायन र सहर केन्द्रित भई गाउँ युवाविहीन हुन थालेपछि अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएको बताइएको छ।