काठमाण्डाै - भत्तपुरकाे चाँगुनारायण नगरपालिका – ९ का रामेश्वर वासी सुखी जीवनको आसमा खाडीका देशदेखि ज्यानकै बाजी थापेर अफगानिस्तानसम्म पुग्नुभयो ।
सुन्दर भविष्यको सपना बुनेर कुवेत, साउदी अरेबिया, यूएई र अफगानिस्तान गरी झण्डै १३ वर्ष बिताउनुभयो । जीवनको उर्वर समयमा घर परिवार र देशै छाडेर परदेश जाँदा पनि सोचेजस्तो नफर्किएको रामेश्वरको जीवन देश फर्किएर थालेको फूल व्यवसायले फर्किरहेको छ ।
अहिले उमेरले ४६ वर्ष टेक्नुभएका रामेश्वर २१ वर्षकै उमेरमा परदेश लाग्नुभएको थियो । २०५३ सालमा कुवेतबाट शुरु भएको...