टिकटकले ल्याउने भयो म्युजिक स्ट्रिमिङ सर्भिस, एप्पल र स्पटीफाइलाई चुनौती

काठमाडौं । भिडियो एप टिकटकले पनि म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएको छ । यसका लागि उसले विभिन्न मुलुकमा परीक्षणको रुपमा बेटा स्ट्रिमिङ सेवा दिन थालेको छ । अष्ट्रेलिया, सिंगापुर र मेक्सिकोमा यो सेवाको परीक्षण सुरु गरिएको टिकटकले जनाएको छ । केही सातादेखि इन्डोनेसिया र ब्राजिलमा सेवा सुरु भइसकेको छ । स्पटीफाइ र एप्पल म्युजिकजस्तै सांगीतिक […]

सम्बन्धित सामग्री

प्रतिस्पर्धा विरोधी एप नीतिका कारण एप्पलमाथि मुद्दा

वैशाख १८, लन्डन (बेलायत) । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकमाथि यूरोपेली संघ (ईयू) को प्रतिस्पर्धा मिच्न नहुने नीतिको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरिएको छ ।  कम्पनीको एप स्टोर सञ्चालनमा एप्पलको व्यहारका कारण उपभोक्ताहरु मारमा परिरहेको यूरोपेली आयोगको एकाधिकार विरोधी नियमनकर्ता मार्गरेथा भेष्टागरले ट्विटमा बताइन् ।  एप्पलले म्युजिक स्ट्रिमिङ उद्योग मानवप्रवर्तनलाई रोकेको भन्दै स्पोटीफाईले दुई वर्ष अघि दायर गरेको मुद्दालाई उल्लेख गरिएको छ । कम्पनीले तर्क गरेर नियामकहरुलाई राजी गराउन सकेनन् भने एप्पले ठूलो जरिवाना तिर्नुपर्ने र नीति नै  परिवर्तन गर्न बाध्य हुनु पर्नेछ । यसअघि भने कम्पनीले आफूले केही पनि गलत नगरेको बताएको थियो ।एजेन्सी