नेपाली बजारमा बेनेलीले प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च गरेको छ । इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको र क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो ।यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युलइन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ । यो इन्जिनले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्ने बेनेलीले जानकारी दिएको छ ।&nb