सयपत्री फूल कतार निर्यात भएपछि किसान उत्साहित

तनहुँ (दमौली)- तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो ।   गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसी...

सम्बन्धित सामग्री

सयपत्री कतार निर्यात भएपछि किसान उत्साहित

तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको...

चितवनको सयपत्री फूल : उत्पादनभन्दा माग दोब्बर (फोटो फिचर)

कात्तिक १५, चितवन । तिहार नजिकिँदै गर्द चितवनमा सयपत्री फूलको माग बढ्दै गएको छ । गत वर्ष कोरोना प्रभाव भएपनि यसपटक मौसम अनुकुल हुँदा फूलको उत्पादन पनि बढेको छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको हो । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढ्दै गएको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ विघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ हाल उनको बारीमा एक विघामा लगाइएको सयपत्री फूल विक्रीका लागि तयारीमा छन् भने बाँकी १५ कठ्ठामा लगाइएको फूलपनि कोपिला लागिरहेको छ । ‘मेरो अहिले दैनिक ५०० ओटा फूलको माला विक्री भएको छ । माग त दोब्बर छ तर पुर्‍याउन सकेको छैन ।’ बास्तोलाले भने ।   सोही वडाका अर्का किसान खगेश्वर बास्तोला पनि बिहानदेखि फूलबारीमै फूल टिप्न र विक्री गर्न व्यस्त छन् । ‘अहिले उत्पादन पनि राम्रो भयो । विक्री पनि भ्याईनभ्याई छ । म फूल खेतीबाट सन्तुष्ट छु । अब यसलाई थप विस्तार गर्छु ।’ उनले भने । कोरोना कहरसँगै विवाह, ब्रतबन्ध, सभा सेमिनार र धार्मिक अनुष्ठानका कार्य भइरहेकोले पनि नियमित रुपमा सयपत्री फूलको माग भईरहेको उनको भनाइ छ । फूलखेतीको पकड क्षेत्र मानिएको पश्चिम चितवनमा पनि यस वर्ष सयपत्री फूलको उत्पादन राम्रो भएको छ । ‘मैले अहिले दुई विघामा सयपत्री फूल लगाएको छु । भरतपुर वडा नम्बर २६ का फूल किसान  दिपक पाख्रिनले भने, केही तयार हुँदैछन् केही विक्री गर्दैछु । अहिले मौसम पनि राम्रो भयो । कोरानाको असर पनि परेन ।’ हाल उनले हप्तामा काठमाडौंमा मात्रै झण्डै दुईहजार माला फूल विक्री गर्दै आएको सुनाए । उनका अनुसार आफ्नो नर्सरीबाट सयपत्री फूलको विरुवा जिल्लाका विभिन्न ठाउँमा विक्री गरेकोले किसान र फूलखेतीको क्षेत्रफल बढेसँगै उत्पादन बढेको हो । गतसाल कोरोना कहर र मौसम प्रतिकुल हुंँदा फूल बारीमै सुकेपनि यसवर्ष उत्पादन र माग बढेपछि फूलखेती किसान उत्साहित भएको फ्लोरिकल्चर एशोसियसन, चितवनका अध्यक्ष अमर घले बताउँछन् । ‘अहिले क्षेत्रफलसँगै किसान पनि दोब्बर बढेको छ, मागपनि दोब्बर छ ।’ घलेले भने । उनका अनुसार गतसाल २० देखि २५ जना किसानले सयपत्री फूलखेती गरेका थिए र क्षेत्रफल पनि २० विघा जति थियो तर अहिले किसानको संख्या ५० को हाराहारी र फूलेखेतीको क्षेत्रफल पनि ४० विघाको हाराहारीमा छ । उत्पादन बढेपनि चितवनको उत्पादनले चितवनलाई नै नपुग्ने उनले बताए । ‘यो तिहारमा ४ लाख माला फूलको माग हुन्छ तर उत्पादन दुईलाख माला फूल उत्पादन होला ।’ घलेले भने । बाँकी फूल भारतबाट आयात हुने र अन्यले आफ्नै घर करेसाबारीमा लगाएको फूल उपयोग गर्ने उनको भनाइ छ । हाल चितवनमा कलकत्ते सयपत्री फूल लगाइएको छ जुन पहेंलो रङको रहेको र हल्याण्डबाट ल्याइएको बीउ गाढा पहेंलो र थुंगा ठूलो हुने भएकोले किसानलाई हल्याण्ड जातको फूलको बीउ वितरण गरिने उनले जानकारी दिए । ‘चितवनमा पछिल्ला वर्ष फूलखेतीमा आकर्षण बढेको । हावापानी र मौसम पनि राम्रो छ । सयपत्री फूलका लागि चितवन उपयुक्त छ ।’ उनले भने ।