बागलुङ : जिल्लामा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैंमा पनि हात रित्तै भएको छ। स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन। कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन्।'मेरो त दशैं खर्च नै त्यही भत्ता हो तर आएन', जैमिनी नगरपालिका- १ का ९० वर्षीय मणिरत्न पाध्याले भने,