गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रूपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ।

सम्बन्धित सामग्री

गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

टक्सार (भोजपुर), २१ असोज । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको व्यापरी बाजिम मगरले बताए । “पहाडी जिल्लामासमेत कृषिमा आधुनिकीकरण भित्रिएपछि खेतीका लागि आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ”, उनले भने, “पछिल्लो समय मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन […]

जीर्ण बन्दै नारायणी रंगशाला

वीरगन्ज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको रहेपनि सरकारी उपेक्षाका कारण धरासायी बन्दै गइरहेको छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा नराखेका कारण दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको हो। रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएपछि यस क्षेत्रका खेलप्रेमी र खेलाडीले विकल्प खोज्न थालेका छन् । […]

गाउँलेको स्ट्रेचरको विकल्प बन्दै एम्बुलेन्स सेवा

काठमाडौँ – कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर, जहाँ बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि स्ट्रेचरको बढी प्रयोग हुने गरेको थियो । तर अहिले भने जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत सो समस्या हट्दै जान थालेको छ । स्थानीय तहहरूले समेत दुर्गमका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्सको व्यवस्थापन गर्न थालेसँगै यो समस्या हट्दै जान थालेको हो । […]

देउवाप्रति कठोर बन्दै कोइराला

काठमाडौं, असोज ९ । निर्वाचन आयोगमा पार्टीको तर्फबाट पेस गरेको समानुपातिक बन्द सूची नसच्याए अर्को विकल्पका लागि तयार रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संस्थापनइतर समूूहका नेताहरूले चेतावनी दिएका छन् । ‘समान अवसर र न्यायका निम्ति’ शनिबार काठमाडौंको नयाँ वानेश्वरमा खबरदारीसभा गरेका डा शेखर कोइराला समूहका नेताहरूले सभापति देउवाले कार्यशैली नसच्याए अर्को विकल्प खोज्ने चेतावनी […]

कंग्रेसको विकल्प र भाजपाको चुनौति बन्दै केजरीवाल

देशको राजनीतिमा कंग्रेसको विकल्प बनेको ‘आप’ पार्टीका नेताहरूका कुनै राजनीतिक पृष्ठभूमि छैन। जसका कारण ‘आप’ अझै पनि राजनीतिक प्रपञ्चहरूबाट टाढा छ। यदि उनीहरू यही बाटोमा लागिरहने हो भने देशको राजनीतिको शिखरमा पुग्ने सम्भावनालाई नकार्न सकिंदैन।

आगो निभाउन भरपर्दाे विकल्प बन्दै हेलिकाेप्टर

पहिले पहिले आगोलाग्दा दमकल वा मानिसले मात्र निभाउनुको विकल्प थिएन । जंगलमा आगो लाग्दा दमकल पुग्न बाटो हुँदैन । सहरमा पनि साँघुरा गल्लीका कारण कतिपय ठाउँमा दमकल पुग्न सक्दैनन् । तर, अहिले आगो निभाउन हेलिकोप्‍टरको प्रयोग हुन थालेको छ ।आइतबार दमौलीको सहरी क्षेत्रमा आगो लाग्यो । पाँच वटा दमकल र सुरक्षाकर्मी स्थानीय परिचालित हुँदा पनि आगो निभेन । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्‍टरले आगो निभायो । यस्तै पछिल्लो समय सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाको लुक्कास्थित जंगलमा ल

काठको विकल्प बन्दै लेमिनेट ढोका

काठमाडौं । एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो । यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । त्यसमध्ये एक मानिन्छ, लेमिनेट ढोका । यसलाई अर्को शब्दमा कमर्सियल वा रेडिमेड ढोका पनि भन्ने गरिन्छ ।     उद्योगमा विभिन्न कच्चा पदार्थ प्रयोग गरेर त्यसलाई मेसिनमा कम्प्रेस गरी विभिन्न साइज, रंग र डिजाइनमा उत्पादन गरिएको हुन्छ । कालीमाटी डोर सप्लायर्सका अनुसार यसमा दुई किसिमको सामग्रीबाट ढोका उत्पादन गरिन्छ । फ्याक्ट्रीमा विभिन्न कच्चा पदार्थलाई प्रोसेस गरेर र बोर्डको प्रयोग गरेर तयारी ढोका उत्पादन गरिन्छ । दिनप्रतिदिन वन विनासका कारण नेपालमा काठ अभाव हुँदै गएको  छ । काँचो वा चिसो र कमसल काठको प्रयोगले पछि गएर ढोकामा किरा लाग्ने एवं बांगो हुने समस्या आउन सक्ने सम्भावना बढी हुन्छ । अग्राख (सिसौ) जस्तो महँगो काठ प्रयोग गर्न सबैका लागि सम्भव छैन । अन्य काठमा पछि समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरेर रेडिमेड (तयारी) ढोकाहरू प्रयोग गर्न विज्ञले सुझाव दिने गरेको पाइन्छ । सामान्यतया ढोकाको प्रयोग कोठा छुट्याउन, वातावरण नियन्त्रण गर्न र गोपनीयता कायम गर्न गरिन्छ । मूल प्रवेशद्वारका लागि काठको ढोका सबभन्दा राम्रो मानिन्छ । अन्य तयारी ढोकाभन्दा काठको ढोका बलियो र आकर्षक हुने भएकाले मूलद्वारमा काठको ढोका उत्तम हुन्छ । त्यसबाहेक अन्य कोठाका लागि लेमिनेट ढोका प्रयोग गर्न सकिन्छ । लेमिनेट ढोकाका विशेषता लेमिनेट ढोकाको प्रमुख विशेषता भनेको सस्तो र किफायती हुनु हो । नेपाली कम्पनीबाट उत्पादित ढोकामा सबभन्दा सस्तो र वारेन्टी सुविधा उपलब्ध छ । भारतबाट आयातीत ढोकामा भने वारेन्टीको सुविधा छैन । कालीमाटी डोर सप्लायर्सका अनुसार नेपाली ढोकाको बजार मूल्य ३ हजारदेखि र भारतीय ढोकाको मूल्य ५ हजारदेखि २० हजारसम्म पर्छ् । जबकि काठको ढोका त्यो मूल्यमा पाउन सम्भव छैन । सस्तो पाइए पनि त्यसको कुनै वारेन्टी हुँदैन । त्यति मात्र होइन, लेमिनेट ढोका घामपानी प्रतिरोधी हुने भएकाले यसको प्रयोग उत्तम मान्न थालिएको छ । साथै, यो फिटिङ गर्न सजिलो र टिकाउ पनि हुन्छ । अहिले बजारमा विभिन्न किसिमका ढोका उपलब्ध छन् । ती ढोकाभन्दा लेमिनेटलाई यस कारण फरक मान्न सकिन्छ कि यो काठजस्तै हुनु हो । यी ढोका विभिन्न प्लाई उडमा फोरमाइका वा सनमाइकाजस्तो डिजाइनयुक्त र घामपानी प्रतिरोधी प्रयोग गरेर बनाइने भएकाले टिकाउ र बलियो हुन सकेको हो । त्यसैगरी मेसिनमा कम्प्रेस गरी बनाइएका ढोका विभिन्न डिजाइन र घामपानी प्रतिरोधीयुक्त हुने गरी बनाइएको हुन्छ । त्यसकारण त्यस्ता ढोका बलियो र टिकाउ हुन सकेको हो । यस्ता ढोका आकर्षक, सस्तो र काठजस्तो देखिने भएकाले यसको प्रयोग बढिरहेको छ । काठलाई घामपानी र हावाले बिगार्न सक्छ । घामपानीले भेट्ने स्थानमा काठको ढोका छिटो बिग्रने डर हुन्छ किनभने काठ पानीमा भिजे धेरै लामो समयपछि मक्किने र सड्दै जाने गर्छ । त्यसैले पानी पर्ने स्थानमा काठको ढोका छिटो बिग्रने भएकाले यस्तो स्थानमा लेमिनेट ढोका नै उत्तम मान्न सकिन्छ । कतिपयले काठलाई सुरक्षित राख्न सनमाईका प्रयोग गरेको पाइन्छ । अहिले बजारमा घामपानी प्रतिरोधी प्लाई उड पनि पाइन्छ । सजिलोका लागि यही प्लाई उडलाई ढोकाको रूपमा प्रयोग गर्न सकिन्छ । हाल यस्ता ढोकाको प्रचलन बढ्दै गएको देख्न सकिन्छ । समग्रमा लेमिनेट ढोका काठको ढोकाको विकल्पको रूपमा आएको हो भन्न सकिन्छ । खर्चको बचत, सस्तो, टिकाउ र आकर्षक सबैको रोजाइ बन्दै गइरहेको छ । साथै, यसको प्रयोगले वन संरक्षणमा समेत टेवा पुग्न सक्छ ।

फेसबुकमा थपियो दुई नयाँ विकल्प, अब फोटो-भिडियो ट्रान्सफर गर्न झनै सजिलो

प्रयोगकर्ताका डाटा सुरक्षाको विषय फेसबुकका लागि सदैव टाउको दुखाइको विषय बन्दै आएको छ । फेसबुकले वर्षौंदेखि प्रयोगकर्ताहरुलाई आफ्ना डाटा ट्रान्सफर तथा डाउनलोड गर्ने सुविधा प्रदान गर्दै आएको छ । हाल आएर फेसबुकले यो सुविधालाई झनै सहज बनाउँदै दुईवटा नयाँ विकल्प थप गरेको छ । फेसबुकले प्रकाशित गरेको नयाँ ब्लग पोस्ट अनुसार थप भएका दुई नयाँ […]

ओलीको विकल्प दिन कठिन हुने संकेत

जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर बन्दै गएको हो। ठाकुरसहितका १६ सांसदले नयाँ सरकार गठनको पक्षमा नउभिने जनाएसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीकै उपेन्द्र यादव पक्षसहितको समर्थ