काठमाडौं । सरकारले प्राविधिक सेवा इन्जिनियरतर्फका ५५ जना शाखा अधिकृतको पदस्थापन गरेको छ । भर्खरै मात्र प्राविधिक सेवातर्फ इन्जिनियर समूहमा शाखा अधिकृतमा नियुक्त भएका ५५ जना शाखा अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिमा पदस्थापन गरेको हो । यद्यपी ५५ जना मध्ये ३ जनाको भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ […]