काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही नगर/गाउँपालिकाको प्रमुख/उपप्रमुख पदमा सुरुदेखि अग्रता र केहीमा सत्ता गठबन्धनलाई नै टक्कर दिइरहेको छ। राप्रपाले दमक नगरपालिका, हेटौँडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौँको शंखरापुर नगरपालिका र झापाको हल्दिबारी गाउँपालिकामा अग्रता लिइरहेको छ भने सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा टक्कर […]