गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नगर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए ।उनले भने– ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटे