प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन विधेयक हुने भएका छन् ।
शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् ।
विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसदको नाराबाजीका बाबजुद् अर्थमन्त्री जनार्दन शर्माले तीन अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए ।
ती अध्यादेश स्वीकृत भएका छन् । अध्यादेश सं...