काठमाडौं– मुलुकका तीनवटै सरकारले अर्बौ रुपैयाँ लगानीमा सयौंको संख्यामा साना–ठूला सभाहल निर्माण गरिरहेका छन् । सर्वसाधारण नागरिकलाई अत्यावश्यक पूर्वाधार बनाउन छोडेर तीनैवटै सरकारले लहडको भरमा देशभर सभाहल निर्माणमा अर्बौं रुपैयाँ खर्चेका हुन् । संघीय सरकारले सातै प्रदेश र अन्य ठूला सहरमा यस्ता सभाहल बनाइरहेको छ भने प्रदेश र स्थानीय तहले स–साना हल निर्माण गरिरहेका छन् […]