काठमाडौँ– पुशपतिनाथ मन्दिर परिसर विभिन्न रंगका फूलहरूले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पवित्र पाशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड रहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रौनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीको भीडभाड बढेको छ । बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो देखिन्छ । भारतका विभिन्न स्थानबाट आएका दर्शनार्थी आएका छन् । […]