पश्चिम नवलपरासीमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिसका लागि ठूला दल अलमलमा परेका छन् । साना दल र मधेश केन्द्रित दलहरु बैठक बसेर आपसी छलफलमा व्यस्त भएपनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले शीर्ष नेताबीच गठबन्धनमा भागबण्डा नमिलेको भन्दै केन्द्रको भागबण्डा कुरेर बसेका छन् ।