सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो । अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ । अस्पतालमा ४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५ को सघन उपचार कक्ष,२५ जनाको अक्सिजनक