यो सामग्री अध्ययन समाजको दोहोरो चरित्रबाट थालौँ । आज (घटस्थापना) देखि वर्ष २०७८ को दसैँ पर्व सुरु भएको छ । विजया दशमीसम्म हामी देशैभरका शक्तिपीठ र घरमै नारी शक्तिको पूजाआजा गरी यो पर्व मनाउँदैछौँ । नारी शक्तिको पूजा हुने यही भूगोलमा हरेक पल नारीहरू हिंसाको सिकार भइरहेका छन् । नारीमाथि पूजा र हिंसा एकसाथ भइरहेछ, अर्थात हाम्रो समाज दोहोरो चरित्र देखाएर आफैंमाथि प्रश्न उज्याउँदो छ ।अब विषयतिरै लागौँ । हामी पृथ्वी अर्थात धर्तीलाई माता भन्छौँ । किनकि, जमिनले उमार्छ । जसले जन्माउन सक्छन्, उनीहरू माता