नेकपा (माओवादी केन्द्र) लाई निर्वाचन आयोगले पार्टीले अन्तरिम विधानमा समेत राखेका केही ‘शब्दावली’ हटाउन निर्देशन दिएको छ । माओवादी केन्द्रले ‘अन्तरिम विधान २०७८’ को प्रस्तावनामा राखेको ‘वर्ग संघर्ष, साम्यवादी दिशामा अघि बढ्नु, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा’ लगायतका शब्दावली हटाउन भनेको हो । ती शब्दावली नेपालको संविधानको प्रस्तावना र संविधानको धारा ५६ को उपधारा (६) समेतको प्रतिकूल हुने भएकाले आयोगले माओवादीलाई यस्तो निर्देशन दिएको हो ।निर्वाचन आयोगको पुस