जेरुसेलम: अल-जजीराकी पत्रकार शिरीन अबु अकलेको बुधबार बिहान वेस्ट बैंकमा गोली हानी घाइते भएपछि मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले अकलेको अनुहारमा गोली लागेको र केही समयपछि उनको मृत्यु भएको जानकारी दिएको छ।जेरुसेलमको अल-कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार पनि गोलीबारीमा घाइते भए तर उनको अवस्था स्थिर छ।उत्तरी वेस्ट बैंकको जेनिन शहरमा इजरायली सेनाको कारबाहीका क्रममा गोलीबारी भएको हो। अल जजीराकी पत्रकार निदा इब्राहिमले अकलेको टाउकोमा गोली लाग