काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ । शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधारले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको भन्दै त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको जानकारी दिनुभयो । मन्त्रीहरूलाई ६ महिना भनेर पठाएको, त्योभन्दा […]