काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे परामर्श थालेका छन् । आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै सभामुखले यो विधेयक अगाडि बढाउने सन्दर्भमा सरकारको सोच र तयारी बुझ्न गृहमन्त्री बालकृष्ण खाँड र कानुन […]