चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया

रौतहट । ‘स्वैच्छिक करमा सहभागिता अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ नारासहित चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । दशौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्यालय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघको सह आयोजनामा कार्यक्रम भएको हो । आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले व्यवसायीलाई करका बारेमा अभिमुखीकरण दिएका हुन् । कारोबारको लेखा कसरी राख्ने, बिलबिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायत विषयमा उनले प्रशिक्षण दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा उपस्थित साना तथा ठूला करदाता उद्योगी व्यवसायीले करका बारेमा विभिन्न किसिमका जिज्ञासा राखेका थिए । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव सुनील साहले यस्ता कार्यक्रम आयोजनाले व्यवसायीले विभिन्न कर छूट तथा परिवर्तित कर प्रणाली लगायत विषयमा ज्ञान हासिल गर्न सक्ने बताए । आगामी दिनमा व्यवसायीको मागलाई ध्यानमा राखेर व्यवसायीलाई फाइदा पुग्ने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । चन्द्रनिगाहपुरमा करदाता शिक्षाका लागि अन्तरक्रिया, गोष्ठी लगायत कार्यक्रम वर्षेनि हुँदै आएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा करदाता शिक्षा : स्वेच्छिक कर सहभागितामा जोड

ताप्लेजुङ उद्योग वाणिज्य संघसँग मिलेर करदाता सेवा कार्यालय फिदिम पाँचथरले सोमबार फुङलिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।...

घरबहाल कर महानगरले नै उठाउने

मोरङ, कात्तिक ३ । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले […]

विराटनगर महानगरले घरबहाल कर उठाउने

माेरङ- संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए। यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने […]

१० औं राष्ट्रिय कर दिवसमा चन्द्रपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया

मंसिर ७, रौतहट । स्वेच्छिक करमा सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि नाराको साथ चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।  १० औं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्यालय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको सहआयोजनामा कार्यक्रम भएको हो । आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीले व्यवसायीहरुलाई करका बारेमा प्रकाश पार्दै समस्याका समाधानका बारेमा प्रशिक्षण दिएका थिए ।  उनले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका साना तथा ठूला करदाता उद्योगी व्यवसायीहरुले करका बारेमा विभिन्न किसिमका जिज्ञासा राखेका थिए । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले यस्ता कार्यक्रम आयोजनाले व्यवसायीहरुले विभिन्न कर छूट तथा परिवर्तित कर प्रणालीलगायतको विषयमा ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा व्यवसायीको मागलाई ध्यानमा राखी व्यवसायीलाई फाईदा पुग्ने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने पनि बताए ।

व्यवसायीलाई करदाता शिक्षा

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा घोराहीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला र कर अधिकृत नारायण रिजालले व्यवसायीहरुलाई कर बारेका जानकारी दिएका थिए ।उनीहरुले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता विना व्यवसाय गर्दा हुने कारवाही, […]