कृषि उद्यमी बनाउन पूर्वाञ्चल विश्वविद्यालयमा खुल्यो अन्वेषण केन्द्र

विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयमा अन्वेषण (इन्क्युवेसन) केन्द्र स्थापना गरिएको छ । नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमपीडी)को कार्यक्रमअन्तर्गत अन्वेषण केन्द्र स्थापना गरिएको हो । प्रदेश १ को कृषिमा विकास गर्ने उद्देश्यले गत बिहीबार उक्त केन्द्रको स्थापना गरिएको हो ।

सम्बन्धित सामग्री

‘नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी’मा १५० भन्दा बढी स्टल

काठमाडौं  । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको आयोजनामा हुन लागेको ‘नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी’मा १५० भन्दा बढी स्टल रहने भएका छन् । माघ २७ देखि २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा उक्त संख्यामा कृषिसम्बन्धी स्वदेशी तथा विदेशी स्टल रहने भएका हुन् । प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिलगायत सम्बन्धी जानकारी गराइने आयोजकले जानकारी दिएको छ । साथै प्रदर्शनीमा देशभरबाट कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थीलगायतको सहभागिता रहने आयोजकको भनाइ छ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने, ससाना औजार, डेरी मेशिनरी लगायतका उपकरण डेमो गरिने पनि आयोजकले बताएको छ । नेपालको कृषिक्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन  प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

मुक्तिनाथ कृषि कम्पनी स्थापना

मुक्तिनाथ कृषि कम्पनीले काठमाडौंको बसुन्धरा र पोखरामा कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचयपत्रको सुरुवात गरेको छ ।कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायीलाई वस्तु तथा सेवाहरु विस्तार गर्ने क्रममा सेवालाई थप सहज बनाउन शाखा कार्यालयको सुरुवात गरेको कम्पनीले जनाएको छ । यस्तै गण्डकी प्रदेशभरका कृषक तथा कृषि व्यवसायी लाभान्भित हुने गरी स्थापना गरीएको कम्पनीले […]