सहकारीको रकम हिनामिना गरेको भन्दै बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
रकम हिनामिना प्रकरणमा सहकारीका वर्तमान र निवर्तमान सञ्चालक समिति, लेखा समिति र कर्मचारीसहित ३५ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।