पहाडका उच स्थानमा यतिबेला हिउँ परेको छ । हिउँ खेल्न भन्दै सदरमुकामलगायत अन्य स्थानबाट पर्यटकहरू उच्च पहाडी भेगमा जाने गरेका छन् । जल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीय स्थल सन्दकपुरमा शुक्रबारदेखि नै हिउँ परिरहेको छ । करिब १५ दिन अगाडि हिउँ परेको सन्दकपुरमा पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।