काठमाडौं, २१ फागुन । नेकपा (एमाले) र माओवादीबीच पुनः सत्ता सहकार्यको यात्रा सुरु भएको छ । एमाले–माओवादी मिलेर बनेको नेकपा विघटन र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । उनको पार्टी पनि देउवा नेतृत्वको सरकारमा सहभागी भयो […]