शपथ लिइसकेका गुरुङ र कोइरीलाई संसद प्रवेशमा रोक

काठमाडौं, पुस १३ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले मुद्दाको छिनोफानो नहुन्जेल बैठकमा भाग लिन नपाउने भएका हुन्। उनीहरूले यही पुस ७ गते सांसद पदको शपथ भने लिइसकेका छन्। […]

सम्बन्धित सामग्री

शपथ ग्रहण कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश रोक

वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथग्रहण समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेको र शपथ ग्रहण समारोहको समाचार संकलन गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका सञ्चारकर्मीलाई नेपाली सेनाले ‘माथिको आदेश’भन्दै गेटमै रोकेको हो । सेनाले सरकारी मिडियाका सञ्चारकर्मीलाई मात्र प्रवेश गराएका थिए ।

मन्त्रीको शपथ ग्रहणमा पत्रकारलाई प्रवेश निषेध

प्रदेश प्रमुखको कार्यालय बागमतीमा समाचार संकलनमा खटिएका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा सूचना संकलनमा खटिएका विभिन्न संचारमाध्यमका पत्रकारहरुलाई प्रदेश प्रमुख कार्यालयमा प्रवेशमा रोक लगाइएको हो ।सूचना संकलनका लागि सो कार्यालय परिसरमा पुगेका पत्रकारहरुले क्यामेरा गेट अगाडि राखेर धर्नासमेत बसेका थिए ।पत्रकारले कोरोना सार्छन् भन्दै प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद भट्टले मुख्यद्वारमा सुरक्षाकर्मी तैनाथ गरी पत्रकारलाई प्रवेशमा