डोटी । बजेट अभावका कारण धनगढी-बीपीनगर-दिपायल-चैनपुर-उरैझञ्ज्याङ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सुस्ताएको छ । चालू आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको बजेटले निर्माण व्यवसायीहरुको बाँकी रकम पनि तिर्न नपुगेपछि सडक निर्माणले गति नपाएको हो । ‘चालू आर्थिक वर्षका लागि २५ करोड रकम विनियोजन भएको थियो’, धनगढी-बीपीनगर-दिपायल-चैनपुर-उरैझञ्ज्याङ द्रुतमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले भने, ‘सो रकमले […]