काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा सङ्ग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कार्यको थालनी भएको छ। पुनर्निर्माणको बिहीवार शिलान्यास गरिएको हो।
काठमाडौं महानगरपालिका-३० मैतीदेवी, शास्त्रीमार्गस्थित ‘महाकवि देवकोटा सङ्ग्रहालय’को नेपाल प्रज्ञा-प्रतिष्ठानले निर्माण गर्न लागेको हो।
मध्यान्ह १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवन…