प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार अचानक बहुचर्चित ललिता निवास जग्गा प्रकरणको फाइल खोलेको छ । यो प्रकरणमा सयौं व्यक्ति समावेश भए पनि मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजासहित सात जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना मंगलबार नै रिहा भएका छन् […]