डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका […]
हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् । यस्तै
दार्चुलामा सत्तारुढ गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।घाइत
दार्चुला । दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएकाे छ । नौगाड गाउँपालिकामा आइतबार दिउँसो गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते […]
सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ‘प्रहरीले सम्झाई बुझाई गर्दा काँग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्तालाई सम्झाई बुझाई गर्दा पनि नमान्दा
रुकुम पश्चिम - रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताउनुभयो।
दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो।
कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला ...
रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो । झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुबै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ । रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।
जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् । उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको ना
धनगढी- दार्चुलामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। शैल्यशिखर नगरपालिका-६ ग्वानीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। शान्तिपूर्ण र्याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ताकाे आराेप छ। झडपमा क्रममा गाडीका शिशा फुटनुका साथै एमालेका केही कार्यकर्ता घाइते भएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका […]
रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको अध्यक्ष सानुले बताए ।उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा ज