गुल्मी, (नेस)। समाजमा भइरहेको बढ्दो बालविवाह अन्त्यका लागि गुल्मीको मालिका गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम शुरुआत गरेको छ। गाउँपालिकाभित्र रहेका विभिन्न स्थानमा सडक नाटकमार्फत बालविवाह अन्त्यका लागि कार्यक्रम शुरुआत गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए। आर्थिक र सामाजिक हिसाबले पछाडि परेको मालिका गाउँपालिकामा बालविवाह बढ्दो क्रममा रहेको छ। उमेर नपुगी विवाह गर्दा विभिन्न समस्या देखापर्दै जान थालेपछि […]