काठमाडौं । जलवायु न्याय र यसकाे असरबारे जागरुक बनाउन भन्दै काठमाडौंको रानीपोखरी क्षेत्रमा बिहीवार मानव साङ्लो बनाइएको छ ।
विश्व वातावरण दिवसको अवसरमा एक्सनएड इन्टरनेशनल नेपालको पहलमा मानव साङ्लो बनाइएको हो । काठमाडौंको रानीपोखरीदेखि घण्टाघरसम्म बनाइएको मानव साङ्लोमा ४०० जना सहभागी थिए । सहभागीले जलवायु असरबारे पर्ने प्रभावबारे जानकारी दिने ब्यानर बोकेका थिए ।
एक्सनएडले जलवायुको असरबारे जागरुक गराउन र अरुलाई जलवायु न्यायको अभियानमा जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।
जलवायु असरका कारण विश्वभरको तापक्रम बर्षेनि बढिरहेको छ ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान