नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

चितवन । चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ । नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन् । यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ । पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन । नेपालकै भू–भाग हुँदै चितवनको […] The post नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मीरगञ्ज पुल पूर्ण सञ्चालन : विराटनगर भन्सारको राजस्व संकलन बढ्यो

विराटनगर । जोगबनी नाकाबाट ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज पुल पूर्ण रूपमा सञ्चालन भएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २०० को संख्यामा मालवाहक गाडी विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा प्रवेश गर्न थालेका छन् । पुल सञ्चालन हुनुअघि मालवाहक गाडी ११६ किलोमिटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुन: विराटनगरस्थित आईसीपीमा भन्सार जाँचपासका लागि आउने गरेका थिए । सम्बन्धित उद्योग तथा व्यापारिक फर्ममा माल अनलोड गरेर फेरि भण्टाबारी नाकाबाटै फर्कनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १२० ओटा मात्रै मालवाहक गाडी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्ने गरेका थिए । मीरगञ्जको पुल भासिएपछि घुमाउरो बाटो आउँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित बनेको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँसम्म राजस्व संकलन भएकोमा अहिले मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० करोडदेखि १२ करोड रुपैयाँसम्म राजस्व संकलन भइरहेको बताए । घुमाउरो बाटोबाट आउँदा मालवाहक गाडीको संख्या कम भए पनि अहिले पुन: बढ्न थालेको उनको भनाइ छ । ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले पनि मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहक गाडीको संख्या बढेको बताए । पहिले घुमेर भण्टाबारी नाकाबाट आउनेभन्दा अहिले सोझै आउने मालवाहक गाडीको संख्या बढेको जानकारी उनले दिए । मीरगञ्जको पुल भासिएको कारण देखाउँदै सन् २०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले जोगबनी नाकाको सट्टा ११६ किलोमिटर पश्चिममा रहेको सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । सोहीअनुसार नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दिएको थियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालनको अनुमति दिएपछि भारतसहित तेस्रो मुलुकसँगको व्यापार सहज बनेको हो । यसअघि एउटा मालवाहक गाडी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरिरहेको थियो । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने कारोबार एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँ घटेको थियो ।

भारतको मीरगञ्ज पुल तेस्रो मुलुकका कार्गोका लागि पनि खुला

विराटनगर । भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालवाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपालका व्यापारी खुशी भएका छन् ।  लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रूपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।  मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रूपमा पुल सञ्चालनमा आएको हो । यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालवाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ । उक्त पुल सञ्चालनपछि ११६ किलोमिटरको दूरी अब चार किलोमिटरमा झरेको छ । भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएका छन् ।  यसअघि भारतका जोगबनीस्थित ल्याण्ड कष्टम र आईसीपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो ।  विभागले अब तेस्रो मुलुकबाट आयात निर्यात हुने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आईसीपीबाटै आयात र निर्यात औपचारिक रूपमा शुरू भएको छ । व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रूपमा दुई महीनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गो त्यस मार्गबाट ढुवानी गर्न मिल्थ्यो । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो । यसअघि २०२२ जनवरी ११ मा मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरिएको थियो । हाल उक्त प्रतिबन्ध फुकुवा गर्दै भीमनगरतर्फको रुट खारेज गरी पहिलेकै अवस्थामा जोगबनी भन्सार र आईसपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको हो । पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधन भारतीय कष्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा रू. १६ हजार अतिरिक्त भाडा तिर्नुपर्थ्यो । अब एक वर्षमा व्यवसायीले रू. ११ करोड ५२ लाख बराबरको अतिरिक्त ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेको छ । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट एक वर्षमा हुने रू. २२ अर्ब ५० करोड बराबारको कारोबारमा गिरावट आएको थियो । -रासस

आठ वर्षमा बन्यो पुल

करिब आठ वर्षमा मोलुङ खोलाको मान्द्रे दोभानमा मोटरेबल पुल बनेको छ। मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिकालाई जोड्ने उक्त पुलको निर्माण कार्य आठ वर्षमा सकिएको हो। १८ महिनामा काम सम्पन्न गर्ने गरी २०७० असार ३० गते उक्त पुलको ठेक्का लगाइएको थियो। भ्याटसहित तीन करोड ७५ लाख ५६ हजार ७७८ रुपियाँमा राजेन्द्र–लोकप्रिय जेभी धापासी काठमाडौँले ८० मिटर लामो पुल निर्माणको जिम्मा पाएको थियो। २०७८ चैत २८ गते पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। पुल बनेपछि जिल्लाको पश्चिमी क्षेत्रका सुनकोसी, चम्पादेवी, लिखु गाउँपालिका हुँदै रामेछाप जिल्लासँग ओखलढुङ्गा सदरमुकामदेखि सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ।

बागलुङ र म्याग्दी जोड्न झोलुंगे पुल बनाइँदै

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुलको निर्माण थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो । चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनोट गरी सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो पुल निर्माण थालेको छ । पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ । ३ करोडको लागतमा उक्त पुल निर्माण गर्न लागिएको हो । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महीनामै पुल तयार गर्नुपर्नेछ । ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम शुरू हुन्छ,’ कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘विवाद नभए तोकिएको समयअगावै पुल बुझाउँछौं ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउन पुल महŒवपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा चार मिनेटमै छोटिन्छ । ‘दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल बन्छ,’ सांसद भूपेन्द्र थापाले भने, ‘पुलको एकतर्फ सरकारी जग्गा पर्छ, अर्काेतर्फको फाउण्डेसन राख्ने ठाउँ व्यक्तिको जग्गाको हो, विवाद नगरी काम गरे समयमै पुल बन्छ ।’ पुल निर्माणका लागि उनले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । रासस

झोलुंगे पुलले जोडिए दुर्गमका बस्ती

राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा गत आर्थिक वर्षमा ८ वटा झोलुंगे पुल बनेका छन् । पुल बनेपछि दुर्गमका गाउँहरू जोडिएका छन् भने स्थानीयको यात्रा सहज बनेको छ ।

१० वर्षमा बल्ल बन्यो पुल

मोटरेवल पुलबाट कमला नदी वारपार गर्ने दुधौली नगरपालिका–२ गागनका शम्भु दनुवारको धोको बल्ल पूरा भएको छ । ‘अब भने यो पुलमा मोटर सरर कुद्ने भयो । नदी तर्दा मोल्नुपर्ने जोखिमबाट बल्ल पार पाइयो,’ उनले भने । साउनमा हत्पतेको बाबाधाममा मेला भर्न आउने धेरै तीर्थयात्रीको कमलाको भेलले बगाएर मृत्यु भएको उनले सम्झिए । वर्षात्मा ज्यान जोखिममा राखेर निर्माणाधीन पिलर हेर्दै नदी वारपार गर्दै आएका स्थानीय निर्माण सुरु भएको १० वर्षमै सही, पुल बनेपछि हर्षित छन् ।