युरो कप सेमिफाइनल: स्पेन र इटली भिड्दै

यूईएफए युरो कपमा आज राति हुने पहिलो सेमिफाइनल खेलमा स्पेन र इटली आमनेसामने हुँदैछन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा राति पौने एक बजे खेल सुरु हुनेछ। समूह 'ई' को उपविजेता स्पेनले प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो। यद्यपि त्यसपछिका दुई खेलमा भने बिपक्षीको पोस्टमा समान ५/५ गोल गर्‍यो।…

सम्बन्धित सामग्री

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अ...

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।