१३ माघ, काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले तोकेका मादपण्डको पूर्ण पालना गर्न नसक्दा नेपालमा हवाई दुर्घटना बढेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको बताए । […]