विद्यालय शिक्षामा नीतिगत बेथिति

शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल आंशिक रूपमा तत्काल प्राप्त भए पनि वास्तविक लाभ दीर्घकालमा प्राप्त हुन्छ । सामान्य ठानिएका र ससाना विषयले पनि व्यक्तित्व विकासमा प्रभावकारी भूमिका खेल्ने भएकाले शिक्षालाई संवेदनशील विषय मानिन्छ । विद्यालयबाट प्राप्त हुने शिक्षा तत्कालीन समाजका आवश्यकतालाई पूर्ति गर्नेभन्दा आगामी दिनका चुनौती सामना गर्ने दिशातर्फ लक्षित हुने गर्दछन् । वर्तमान समयका स्रोत र साधनका आधारमा भविष्यका लागि आवश्यक पर्ने योग्य जनशक्ति निर्माण गर्नु वास्तवमै चुनौतीपूर्ण कार्य हो । यसैले प्रशस्त अध्ययन, अनुसन्धान र अल्पकालीन अनि दीर्घकालीन प्रभावको समग्र विश्लेषण गरेर मात्र शिक्षा क्षेत्रमा आवश्यक परिवर्तन र परिमार्जन गर्ने गरिन्छ । नेपालको माध्यमिक तहको शिक्षा भने विश्वव्यवस्थाले स्वीकार गरेका शिक्षाका आधारभूत सिद्धान्तभन्दा पूर्ण रूपमा विपरीत गतिमा चलेको छ । सरकार र व्यक्ति विशेषका लहडमा शिक्षा क्षेत्रलाई चलाउने परिपाटीले बालबालिकाको भविष्य अन्योलमा पर्ने गरेको छ भने शिक्षा क्षेत्र अस्थिरता र अनिश्चितताको भुमरीमा रुमलिएको छ ।

सम्बन्धित सामग्री

उत्तरपुस्तिका नै नजाँची अंक दिन्छन् बाराका विद्यालय

बारा : ‘मेयर साब! विश्वास गर्नुहोस्, हामीले उत्तरपुस्तिका जाँचेरै विद्यार्थीको प्राप्ताङ्क नगरपालिका पठाएका थियौं तर उत्तरपुस्तिका चैं झुक्किएर कबाडीमा बेचिएछ‚’ भन्दै थिए नमुना माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक किशोरीप्रसाद यादव।सुटुक्क अनुगमनमा आएका मेयरले गत चैतमा सञ्चालित कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका मागेपछि विद्यालयको बेथिति लुकाउने प्रयासमा अनेक बहाना सुनाउँदै थिए।बाराको जीतपुर-सिमरा उपमहानगरले विभिन्न विद्यालयको छड्के अनुगमन गरेको छ। विद्यालय

विद्यालय शिक्षामा झाँगिदै बेथिति

शिक्षाको विकास भएमा मात्र देशको विकास हुने यथार्थतालाई आत्मसात् गरेर शिक्षामा पर्याप्त लगानीको तर्जुमा गरिनुपर्छ । शिक्षामा राज्यको प्राविधिक, भौतिक, आर्थिक, मानवीय साधन र स्रोतको लगानीमात्रको भर नपरेर अभिभावक, नागरिक समाज तथा स्वयं विद्यार्थीको समय (उमेर) को लगानीसमेतको तादात्म्यताले मात्र गुणस्तरीय शिक्षाको विकास र विस्तार हुने वास्तविकतालाई नजरअन्दाज गरिनु हुन्न । विद्यालय शिक्षामा झाँगिदै गएको […]