युरोकप पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'डी'मा रहेका स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। खेल स्कटल्याण्डको ह्यम्टेन पार्क रंगशालामा हुनेछ। यी दुई टोली हालसम्म ९ पटक आमने सामने भएका छन्। जसमा दुबै टिमले समान चार/चार खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन्।

सम्बन्धित सामग्री

आगामी युरोकप छनौटको लागि समुह निर्धारण, कुन देश कुन समुहमा ? (सूचीसहित)

आगामी युरोकपको छनौट प्रतियोगिताको लागि समुह निर्धारण भएको छ । युरोपेली फुटबल संघले जर्मनीमा आज आयोजित एक कार्यक्रममा ड्र मार्फत १० वटा समुह निर्धारण गरेको हो ।छनौट प्रतियोगितामा ५३ टिमले सहभागिता जनाउने छन् । जस मध्येबाट २४ वटा देशमात्र युरोकपको लागि छनौट हुने छन् । युरोकपको आगामी संस्करण सन् २०२४ मा जर्नामीमा हुने छ । आयोजकको हिसाबले जर्मनी प्रतियोगिताको लागि स्वत छनौट भएको छ । रुसलाई भने फिफाले प्रतिबन्ध लगाएको कारण छनौटमा सहभागी गराईएको छैन । अब १० वटा समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका अन्य देशसँग समान २-२ खेल खेल्ने छन् । त्यसपछि समुह विजेता र समुहका उप बिजेता युरोकपको लागि छनौट हुने छन् । यसरी हरेक समुहको बिजेता र उपविजेता गरि २० टिम युरोकपको लागि छनौट हुने छन् । जर्मनी छनौट भईसकेको छ । युरोकपमा कुल २४ राष्ट्र खेल्ने भएकोले बाँकि ३ देश भने प्ले अफ मार्फत छनौट हुने छन् । आगामी युरोकप सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म हुने छ । छनौट चरणका खेलहरु भने सन् २०२३ को मार्च २३ देखि सुरु भई सन् २०२४ को २६ मार्चमा अन्त्य हुने छ । यस अघि युरोकप सन् २०२० मा भएको थियो । उक्त प्रतियोगिताको उपाधि इटालीले जितेको थियो । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरोकपको उपाधि जितेका छन् । युरोकप छनौटको लागि ८ वटा समुहमा ५ टिम छन् भने बाँकि २ वटा समुहमा ६ टिम छन् । हेर्नुस् सन् २०२४ को युरोकप छनौटको लागि गरिएको समुह विभाजन । समुह ए : स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया, साइप्रस समुह बि : नेदरल्याण्ड, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रिस, गिब्रलटार समुह सी : इटाली, ईङल्याण्ड, युक्रेन, नर्थ मेसोडोनिया, माल्टासमुह डि: क्रोएसिया, वेल्स, अर्मेनिया, तार्कि, लटभिया समुह ई : पोल्याण्ड, चेक रिपब्लिक, अल्बेनिया, फेरु आईल्याण्ड, मोल्डोभासमुह एफ : बेल्जियम , अष्ट्रिया, स्वीडेन, अजरबैजान, इस्टोनिया समुह जी: हंगेरी, सर्बिया, मोन्टेनेग्रो, बुल्गेरिया, लिथुएनियासमुह एच : डेनमार्क, फिनल्याण्ड, सोल्भेनिया, काजकस्थान, नर्थन आयरल्याण्ड, सान मारियोसमुह आई: स्विजरल्याण्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस, एन्डोरा समुह जे : पोर्चुगल, बोस्निया एण्ड हर्सगोभिना, आइसल्याण्ड, लक्जेम्बर्ग, सोल्भाकिया, लिकटिस्टाईन

युरोकपमा आज इङ्ल्याण्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्दै

८ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह डी अन्तर्गतका दुई खेल हुँदैछन् । जसमा इङ्ल्याण्डले चेक रिपब्लिक तथा क्रोएसियाले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । इङ्ल्याण्डले चेक रिपब्लिकसँग घरेलु मैदान वेम्बली रंगशालामा खेल्नेछ भने स्कटल्याण्डले ग्लास्कोस्थित हाम्पडेन पामा क्रोएसियासँग खेल्नेछ । इङ्ल्याण्ड र चेक रिपब्लिकले […]

युरोकप : इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्दै

युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन् ।युरोकपको समूह चरण अन्तर्गत आज राति समूह 'डी' का दुई खेलहरु हुनेछन् ।  जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचक...

युरोकपः चेक रिपब्लिक २–० ले विजयी, स्कटल्याण्ड स्तब्ध

युरोकप अन्तरगत समूह ‘डी’ को खेलमा चेक रिपब्लिक विजयी भएको छ ।स्कटल्याण्डस्थित हम्पडेन रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा चेकले स्कटल्याण्डलाई २–० ले पराजित गरेको हो । टीमलाई विजयी गराउने क्रममा दुबै गोल प्याट्रिकले गरे ।उनले पहिलो हाफको ४२ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे भने ५२ मिनेटमा पनि अर्को गोल थ...

युरोकप : इंग्ल्याण्डले क्रोएसियालाई हरायो

काठमाडाैं : युरोकपअन्तर्गत समूह 'डी' मा रहेको इंग्ल्याण्डले क्रोएसियालाई हराउँदै विजयी सुरुवात गरेको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसिया १-० गोलअन्तरले पराजित हुन पुग्यो। इंग्ल्याण्डलाई जिताउन एक मात्र गोल म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टरलिङले गरे। उनले ५७ औं मिनेटमा गोल गरेका थिए। समूह 'डी' पहिलो खेल सकिएको छ। यस समूहमा यी दुईबाहेक चेक रिपब्लिक र स्कटल्याण्ड पनि छन्। यी दुई टिमबीच भने भोलि साँझ खेल हुनेछ।