पर्वत : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको प्रभावले पर्वतमा यातायात र शिक्षण संस्था ठप्प बनेका छन् भने फाट्टफुट्ट पसल खुलेका छन्।कतिपय खुलेका शिक्षण संस्था पनि आयोजकले दबाब दिएपछि बन्द भएका छन्। बन्दका कारण सदरमुकाम कुश्मा बजार सुनसान बनेको छ। बजारमा यातायातका साधन ठप्प छन्।पर्वत हुँदै मुस्ताङ, बागलुङ र म्याग्दीमा आवागमन गर्ने गाडीसमेत नभएका कारण बजार सुनसान छ। त्यस्तै सदरमुकामदेखि ग्रामीण क्षेत्रमा आवतजावत गर्ने जिप समेत जोखिमका कारण नच