छानबिनका लागि हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी कँडेल

काठमाडौँ- पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेल छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताएका छन्। उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई छानबिनका लागि तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको पनि आरोप रहेको छ। यस्तै, उनको सट्टामा अहिले कसैलाई सो […]

सम्बन्धित सामग्री

पश्चिम नवलपरासीका एसपी कँडेल हेडक्वार्टर तानिए

प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल हेडक्वार्टर तानेको छ ।

अनुसन्धानका लागि हेडक्वार्टर तानिए सशस्त्र प्रहरीका तीन एसपी

आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल (एपीएफ)का तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागि हेडक्वार्टर तानिएका छन् । सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख (गणपति) राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची हुन् ।

यस कारण ६ महिनामै हेडक्वार्टर तानिए सर्लाहीका एसपी प्रसाईं

प्रहरी प्रधान कार्यालयले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसपी प्रसाईंलाई ६ महिनामै हेडक्वार्टर तानेको हो ।

सर्लाहीका एसपी कृष्ण प्रसाई हेडक्वार्टर फिर्ता, प्रवीण पोखरेललाई जिम्मेवारी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । चार महिनाअघि सर्लाही गएका प्रसाई आर्थिक कारणले विवादमा मुछिएका थिए । ‘विवादित छवि’ र कार्यसम्पादन कमजोर भएको हुनाले प्रसाईलाई सर्लाहीको इन्चार्जबाट हटाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सर्लाहीमा एसपी प्रवीण पोखरेललाई पठाएका छन् । पोखरेल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।

सिराहाका प्रहरी प्रमुखमा अर्जुन तिमिल्सिना

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सिराहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । एसपी पाण्डे २०७८ असार ८ गते सिराहा सरुवा भएका थिए ।

सिरहाका एसपी पाण्डेलाई हेडक्वार्टर तानियो

काठमाडौँ, १९ पुस। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट प्रहरी प्रधान कार्यालयले हटाएको छ। एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता आन्दोलन र तोडफोडमा उत्रिएपछि एसपी पाण्डेले पक्राउ गरी कारबाही अघि बढाएका थिए। उक्त विषयलाई लिएर सिके […]

विवादमा तानिएका रौतहटका एसपी शाहलाई सोधपुछका लागि हेडक्वार्टर झिकाइयो

पत्रकार मोहम्मद मोजिबुल्लालाई लागूऔषध राखेर फसाउन खोजेको प्रकरणमा मुछिएपछि एसपी शाहलाई सोधपुछका लागि प्रहरी हेडक्वार्टर झिकाइएको हो ।

रौतहटमा पत्रकारलाई फसाउन खोज्ने एसपी शाहमाथि छानबिन सुरु, हेडक्वार्टर तानिए

काठमाडौं । रौतहटमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमय विपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरेको सम्बन्धमा एसपी शाहमाथि छानविन शुरु भएको छ । घुमुवा प्रहरीले पत्रकारको मोटरसाइकलमा लागुऔषध […]

अनियमितता आरोप लागेका सप्तरी र पर्साका एसपी हेडक्वार्टर तानिए

अनियमितता आरोप लागेका सप्तरी र पर्साका प्रहरी प्रमुख हेडक्वार्टर तानिएका छन् । प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी सप्तरीका अनुराग द्विवेदी र पर्साका प्रमुख एसपी गोविन्द साह आर्थिक अनियमिमताको आरोपमा अनुसन्धानका लागि हेडक्वार्टर तानिएका हुन् ।