सर्लाहीका एसपी कृष्ण प्रसाई हेडक्वार्टर फिर्ता, प्रवीण पोखरेललाई जिम्मेवारी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । चार महिनाअघि सर्लाही गएका प्रसाई आर्थिक कारणले विवादमा मुछिएका थिए । ‘विवादित छवि’ र कार्यसम्पादन कमजोर भएको हुनाले प्रसाईलाई सर्लाहीको इन्चार्जबाट हटाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सर्लाहीमा एसपी प्रवीण पोखरेललाई पठाएका छन् । पोखरेल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।