काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मामा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन्।
हुनत यसअघि पनि उनी अदालतको आदेशमा रिहा नभएका होइनन्। तर रिहालगतै उनी घर हैन अदालतपरिसरबाटै प्रहरी हिरासत पुग्थे। कति खेर उनी निस्केला र पक्राउ गरौँला भनेर प्रहरी कुरी बसेका हुन्थे।