नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टी निर्णय विपरित गएकाले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारवाही गरिएको बताए ।‘हामीले बैठक बसेर के निर्णय गरियौँ त्यो विज्ञप्तिमार्फत थाहा पाइहाल्नुभयो’ रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने, ‘अरु उहाँहरु (हेमान्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला’ ले पार्टी निर्णय विपरित गरेकाले कारवाही गरियौँ ।